टीकापुरमा तीन घन्टामा ११० मिलिमिटर वर्षा

टीकापुरमा तीन घन्टामा ११० मिलिमिटर वर्षा

पछिल्लो २४ घन्टामा कैलालीको टीकापुरमा अतिभारी वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार बिहान ८ः४५ देखि बुधबार बिहान ८ः ४५ सम्म टीकापुर क्षेत्रमा दुई सय ७१ दशमलव दुई मिलिमिटर वर्षा भएको छ। टीकापुरमा स्वचालित वर्षा मापन केन्द्र छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार टीकापुरमा मंगलबार राति तीन घन्टामा एक सय १० मिलिमिटर वर्षा भएको छ।

पछिल्लो २४ घन्टामा सबैभन्दा भारी वर्षा टीकापुरमा भएको अनुमान गरिएको छ। यद्यपि, मुलुकभरमा पछिल्लाे २४ घन्टामा परेकाे पानीकाे तथ्यांक विश्लेषण हुन बाँकी छ।

टीकापुरमा यसअघि सन् १९७८ जुलाई १८ मा एकैदिन दुई ९८ दशमलव नौ मिलिमिटर पानी परेको थियो।

पछिल्लो पटक  कैलालीको टीकापुर,चिसापानी र कञ्चनपुरका धेरै स्थानमा अतिभारी वर्षा भएको छ।

भारी वर्षाका कारण त्यहाँका कान्द्रा, मोहना, काढा, घुराहा, खुटिया, स्याउली, चौधर लगायत नदीमा  पानीको सतह बढेको छ।
 


Leave a Reply

Your email address will not be published.