सुन पुग्यो तोलाको साढे ९८ हजार, चाँदी घट्यो

सुन पुग्यो तोलाको साढे ९८ हजार, चाँदी घट्यो

नेपाली बजारमा बहुमूल्य पहेँलो धातु सुनको भाउ एकै दिन थप ३ सयले बढेर तोलाको ९८ हजार ५ सय रुपैयाँ पुगेको छ। 

आज बुधबार छापावाल सुन तोलाको ९८ हजार ५ सयमा किनबेच भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो भाउ हालसम्मकै सबैभन्दा उच्च हो। हिजो मंगलबार तोलाको ९८ हजार ५ सय र सोमबार ९७ हजार ५ सय पुगेको थियो।

मंगलबार ७ सयले बढेर तोलाको ९८ हजार २ सय, सोमबार १ हजार २ सयले बढेर ९७ हजार ५ सय र आइतबार ५ सयले बढेर ९६ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो। गत शुक्रबार सुनको भाउ एकै दिन १ हजार ३ सयले बढेर ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसअघि बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो। महासंघका अनुसार तेजाबी सुनको भाउ पनि तोलाको ९८ हजार ६५ रुपैयाँ कायम भएको छ। हिजो मंगलबार ९७ हजार ७ सय ६० थियो।

तेजाबी सुन सोमबार ९७ हजार ६०, आइतबार ९५ हजार ८ सय ६०, शुक्रबार ९५ हजार ३ सय ६५ र बिहीबार ९४ हजार ६५ रुपैयाँमा किनबेच भएको थियो।

चाँदीको भाउ भने आज घटेको छ। तोलामा २० रुपैयाँ घेटर १ हजार २ सय २५ मा किनबेच भइरहेको छ। हिजो मंगलबार चाँदी तोलाको १ हजार २ सय ४५, सोमबार १ हजार २ सय १०, आइतबार १ हजार १ सय ५५ र शुक्रबार १ हजार १ सय ५० थियो। 

महासंघका अनुसार साउन ६ मा छापावाल सुन तोलाको ९२ हजार ७ सय, ७ मा ९४ हजार, ८ मा ९४ हजार ५ सय, ९ मा ९५ हजार ८ सय, ११ मा ९६ हजार ३ सय, १२ मा ९७ हजार ५ सय र १३ गते ९८ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो। 

त्यस्तै चाँदी साउन ६ मा १ हजार ४०, ७ मा १ हजार १ सय ३५, ८ मा १ हजार १ सय ४५, ९ मा १ हजार १ सय ५०, ११ मा १ हजार १ सय ५५, १२ मा १ हजार २ सय १० र १३ गते १ हजार २ सय ४५ रुपैयाँमा किनबेच भएको थियो।


Leave a Reply

Your email address will not be published.