लागूऔषध मेथएम्फेटामाइनसहित एकजना पक्राउ 

लागूऔषध मेथएम्फेटामाइनसहित एकजना पक्राउ 

प्रहरीले लागूऔषध मेथएम्फेटामाइनसहित विराटनगरबाट एक जनालाई मंगलबार पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले सुन्दरहरैंचा नगरपालिका-८ का ४२ वर्षीय रामप्रसाद पोखरेललाई पक्राउ गरेको हो। 

को३७ प ८३२६ नम्बरको मोटरसाइकलमा सवार पोखरेललाई ५३० ग्राम, ९३ मिलिग्राम मेथएम्फेटामाइनसहित पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ। 

उक्त लागूऔषध एकदमै महंगो मूल्यको हो। खासगरी यो लागुऔषध थाइल्याण्डमा बढी प्रयोग हुन्छ। लामो समयको सूचना र निगरानीपछि पोखरेललाई उक्त लागूऔषधसहित पक्राउ गरिएको ब्युरोले जनाएको छ। 

पोखरेललाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाइएको छ।


Leave a Reply

Your email address will not be published.