नेपाल प्रहरीका थप चारजनामा कोरोना संक्रमण

नेपाल प्रहरीका थप चारजनामा कोरोना संक्रमण

नेपाल प्रहरी मुख्यालय नक्सालमा कार्यरत थप चार प्रहरीमा कोरोना संक्रमण देखिएको छ। 

मंगलबार देखिएका २३ जनाको कन्ट्याक्ट ट्रेसिङ गर्दा थप चारजनामा कोरोना संक्रमण देखिएको प्रवक्ता प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाहीले बताए। 

प्रहरी मुख्यालयमा केही दिनअघि आठजनामा कोरोना संक्रमण देखिएको थियो। ती व्यक्तिको सम्पर्कमा रहेका प्रहरीहरूको कन्ट्याक्ट ट्रेसिङ गर्दा २३ जनामा पुष्टि भएको थियो।

ती २३ जनाको सम्पर्कमा रहेकामध्ये थप चारजनामा कोरोना संक्रमण देखिएको शाहीले बताए। 

संक्रमण देखिएकाहरू चालक, मेसमा कार्यरत कर्मचारी तथा ब्यारेकमा सँगै बस्नेहरू रहेको शाहीले बताए। थप कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको उनले बताए। 

कोरोना संक्रमित प्रहरीलाई उपचारका लागि सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पताल पठाइएको छ।


Leave a Reply

Your email address will not be published.