दुई वर्षीय बालकसहित ३४ जनामा कोरोना

दुई वर्षीय बालकसहित ३४ जनामा कोरोना

 वीरगञ्जमा दुई वर्षीय बालकसहित थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा दुई सय ७४ जनाको स्वाब परीक्षण गर्दा सेना, प्रहरी र कैदीबन्दीसहित थप ३४ जनामा कोरोना संक्रमण देखिएको हो।

संक्रमित हुनेमा २ वर्षदेखि ६५ वर्ष उमेरका रहेको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए।

कन्ट्याक्ट ट्रेसिङमा मात्रै नभएइ पेड पीसीआर गराएकामा पनि कोरोना देखिएको उनले बताए। संक्रमित ३४ जना पर्सा जिल्लाकै हुन्, जसमध्ये २० जना वीरगञ्जका हुन्।
 


Leave a Reply

Your email address will not be published.