भजनीमा ३ सय ५० घर डुबे, १ हजार ८ सयजनाको उद्धार 

भजनीमा ३ सय ५० घर डुबे, १ हजार ८ सयजनाको उद्धार 

लागातार भइरहेका अबिरल बर्षाका कारण कैलालीको भजनीमा तीन सयभन्दा बढी घर डुवानमा परेका छन्। 

भजनी नगरपालिकाको वडा नम्बर ५ मा ३ सय ५० घर डुवानमा परेपछि त्यहाँका १ हजार ८ सय मानिसलाई उद्धार गरी हुलाकी राजमार्गमा ल्याइएको कैलालीका प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले बताए। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीको मध्यवर्ती क्षेत्रको जोशीपुर गाउँपालिकामा ६० घर डुवानमा परेका छन्। 

कान्द्रा र काँढा नदीको किनारका बस्तीहरूमा बाढी पसेको त्यहाँका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ। टीकापुर नगरपालिकाको मुक्तकमैया बस्ती बिजयनगरमा बाढी पस्दा दुई घर भत्केका छन्। प्रहरीका अनुसार टीकापुर क्षेत्रका बाढी प्रभावित क्षेत्रका मानिसहरूलाई राष्ट्रिय मावि बेलुवामा सारिएको छ।

कर्णाली नदीमा पानीको सतह खतरको रेखा माथी पुगेको छ। पानीको सतह अझै बढ्न सक्ने देखिएकाले कणाली नदी आसपास बस्ने सवैलाई सतर्कता गराइएको कैलालीका प्रहरी प्रमुख जबराले बताए। अहिले सो स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।


Leave a Reply

Your email address will not be published.