शिवसताक्षीका बाढीपीडितलाई लत्ताकपडा
झापाको शिवसताक्षी नगरपालिका १० का बाढीपीडित ९ परिवारलाई विभिन्न संघसंस्थाले लत्ताकपडा वितरण गरेका छन्। कनकाई माईले विस्थापित गरेका ९ परिवारलाई डसना, ब्लाङ्केट, तन्ना र एक-एक थान झुल वितरण गरिएको हो।
अगापे नेपाल, सतासीधाम जेसिज र कैलाश शिखर फाउन्डेसनले ती सामग्री उपलब्ध गराएका हुन्।
लत्ताकपडा पाउनेमा बाबुराम दर्जी, बोलवती ऋषिदेव, गीता, ललु, श्यामलाल, मीना ऋषिदेव, तारा शेर्मा, प्रेम उप्रेती र भुपाल चौधरीको परिवार छ। म्यानेजर्स क्लब अफ शिवसताक्षीका अध्यक्ष विनोद ढकालले सामग्री हस्तान्तरण गरेको जनाए।