बाजुराको अम्कोटको पहिरो, एक बेपत्ता, दुई घाइते

बाजुराको अम्कोटको पहिरो, एक बेपत्ता, दुई घाइते

बाजुराको बुढिगंगा नगरपालिका-१ अम्कोटमा पहिरोमा परी एकजना बेपत्ता भएका छन्। 

बेपत्ता हुनेमा सोही नगरपालिका- १ अम्कोट निवासी वर्ष २१ का धर्मराज पाध्याय छन्। बाख्रो चराउन गएको बेला माथिबाट आएको पहिरोमा परी अन्य दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले बताए।

उनका अनुसार घाइते हुनेमा वर्ष १७ का ज्ञानराज पाध्याय र वर्ष १६ का हरेन्द्र पाध्याय छन्।  प्रहरी नजिकै रहेकाले तत्काल घाइतेको उद्धार गरेको उनले बताए। घाइते मध्ये एकजना सामान्य र एकजना गम्भीर रहेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए। 

उनका अनुसार पहिरोमा पुरिएर घाइते भएका ज्ञानराज पाध्यायको अवस्था गम्भीर रहेको छ। बेपत्ता भएका पाध्यायको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक भट्टराईले बताए। पहिरो आज दिउँसो ३ बजेतिर आएको जनाइएको छ।


Leave a Reply

Your email address will not be published.