‘छक्कै परेँ’ सार्वजनिक (भिडियोसहित)
गीतकार डा. डिआर उपाध्याय नयाँ गीतसहित आएका छन्।
‘छक्कै परेँ’ बोलको गीतमा गायिका बिना भट्टराई र गायक विष्णु भट्टको स्वर छ। संगीत पनि भट्टले भरेका हुन् भने संगीत संयोजन मोपहत मुनालले गरेका छन्।
रोमान्टिक गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएकोे छ।
माइकल चन्दले निर्देशन गरेको म्यूजिक भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आस्मा विश्वकर्माले अभिनय गरेका छन्। म्यूजिक भिडियोमा उत्सव दहालको छायाँकन तथा शिलन लम्सालको सम्पादन छ।