भजनीमा बाढीले बगाएर चारजना बेपत्ता

भजनीमा बाढीले बगाएर चारजना बेपत्ता

कैलालीको मध्यवर्ति क्षेत्र भजनीमा आएको बाढीमा बगेर चारजना बेपत्ता भएका छन्। 

इलाका प्रहरी कार्यालय भजनीका अनुसार बाढीमा बगेर ११ वर्षीय बालकसहित चारजना बेपत्ता भएका हुन्। उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ। 

बाढीमा ११ वर्षीय बालक सकिल चौधरीसहित चार बेपत्ता भएको र अन्य तीनको पहिचान खुल्न नसकेको भजनीका इन्चार्ज प्रहरी निरीक्षक जनक धामीले बताए। उनका अनुसार बाढीमा बग्दै गरेका दुईजनाको भने सकुशलै उद्धार गरिएको छ। 

कान्द्रा, काँडा र पथरिया  नदीमा पानीको स्तर बढेपछि कैलालीको भजनी, टीकापुर, लम्की र जोशीपुर क्षेत्रका १ हजार बढी घर डुबानमा परेका छन्।


Leave a Reply

Your email address will not be published.