वर्तमान सरकार पूर्ण असफल भयाे: पूर्वमन्त्री गिरी

वर्तमान सरकार पूर्ण असफल भयाे: पूर्वमन्त्री गिरी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले वर्तमान सरकार हरेक कोणबाट असफल भएको बताएका छन्।

दाङको तुलसीपुरमा रिपोटर्स क्लव दाङले वुधबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वमन्त्री गिरीले वर्तमान सरकारलाई असफल भएको बताएका हुन्।

नेता गिरीले विश्वव्यापी रूपमा कोरोना संक्रमणका नेपालमा रोक्ने बेला सरकार कुर्सी जोगाउने खेलमा लागेको आरोप लगाए।

‘अहिलको आवश्यकता नेपालमा कोरोना नियन्त्रण गर्ने हो, तर सरकारको ध्यान कोरोना नियन्त्रणभन्दा पनि सत्तामा देखियो,’ मन्त्री गिरीले भने, ‘यो भन्दा सरकारको नालायिकी अरु के हुनसक्छ?’ उनले वर्तमान सरकार सत्तालिप्त भएको समेत आरोप लगाए।  

उनले दुई फरक-फरक ध्रुवका कम्युनिष्ट पार्टीको एकता मुलुकको समृद्धिका लागि मात्र नभएर मुलुक लुट्नका हो भन्ने अहिले प्रमाणित हुन थालेको टिप्पणी गरेका थिए।

‘कम्युनिष्टहरूले निर्वाचनमा जनतालाई झुक्याए, तर अव जनता झुक्किने अवस्था छैन,’ नेता गिरीले भने, ‘दुई वर्षमै कम्युनिष्टको चरित्र जनताले बुझिसके।’

नेता गिरीले सरकारले बैज्ञानिक आधारबिनै खोलेको लकडाउन जनताको कर असुल्नका लागि मात्र केन्द्रित रहेको बताएका थिए।

कोरोना नियन्त्रणकै सवालमा अर्बौं रुपैयाँ घोटाला गरिरहेको सरकारले जनताको जीउज्यान जोगाउने र कोरोनाको उपचार गर्नेतर्फ कुनैपनि काम गर्न नसकेको मन्त्री गिरीको आरोप थियो। 


Leave a Reply

Your email address will not be published.