डाँका मुद्दाका फरार अभियुक्त पक्राउ

डाँका मुद्दाका फरार अभियुक्त पक्राउ

डाकासहित विभिन्न आपराधिक घटनाका फरार दोषीहरूलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बाह्र वर्षअघि जनकपुरमा भएको डाँका र हातहतियार मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरेको हो।

जनकपुरधाम–८ स्थित रामानन्द चोकमा मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको घरमा १२ वर्षअघि डाँका गरेको घटनामा प्रहरीले नगराईन नगरपालिका–७ डेवडिहा बस्ने भरत झालाई पक्राउ गरेको छ।

चौधरीको घरमा हतियार देखाइ लुटपाट गरी नगद तथा सुनचाँदी लुटेर लगेको अभियोगमा जिल्ला अदालत धनुषाले झालाई दोषी ठहर गरेको छ। जिल्ला अदालतको फैसलापछि फरार रहेका झालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

अदालतले झालाई ६ वर्ष कैद र ९ लाख ४५ हजार ४५० हजार रुपैयाँ जरिवाना तोकेको छ। 

प्रहरीले यसअघि सोही घटनामा संलग्न रहेका जनकपुरधाम–७ बस्ने बैजु साहलाई पक्राउ गरेको थियो।

यसका साथै प्रहरीले हातहतियार मुद्दाका फरार एक अभियुक्तलाई समेत पक्राउ गरेको छ। प्रहरीले महोत्तरीको लोहारपट्टी नगरपालिका–८ भ्रमरपुरा बस्ने इसराईल राइनलाई पक्राउ गरेको हो। 

जनकपुरधाम–८ भ्रमरपुरा चोकबाट पक्राउ परेका राईउपर आवश्यक कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published.