लागुऔषध मुद्दाका फरार अभियुक्त पक्राउ

लागुऔषध मुद्दाका फरार अभियुक्त पक्राउ

लागुऔषध मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन्। भक्तपुर नगरपालिका- २ ब्यासी बस्ने २५ वर्षीय किरण ब्यान्जुलाई बुधबार प्रहरीले प्रकाउ गरेको हो। 

लागुऔषध मुद्दामा भक्तपुर जिल्ला अदालतबाट २०७४ चैत्र १८ गते १ बर्ष ९ महिना २६ दिन कैद र  एक लाख एक हजार पाँच सय जरिवाना फैसला सुनाइएको थियो।  ब्यान्जुलाई  भक्तपुर प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो।


Leave a Reply

Your email address will not be published.