बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्तरिक लकडाउन

बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्तरिक लकडाउन

प्रदेश १ को बिराटनगरका एक जना कोरोना संक्रमितको मृत्यु  भएको छ। प्रदेश १ मा कोरोना संक्रमितको ज्यान गएको यो पहिलो घटना हो।

बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार ती ४५ वर्षीयलाई बुधबार अपराह्न १ बजे बिपीमा भर्ना गरिएको थियो। तर सिकिस्त अवस्थामा बिपी ल्याइएका उनको साँझ ४ बजेर ४५ मिनेटमा ज्यान गएको अस्पतालले जनाएको छ। 

बिरामी ल्याउँदा अस्पतालसँग कुनै समन्यव नभएको भन्दै चिकित्सकले आपत्ति जनाएका छन्।

कोशी कोभिड-१९ अस्पतालबाट चालकले ल्याएका ती संक्रमितको थप जानकारी पाउन नसकिएको सापकोटाले जनकारी दिए।

प्रतिष्ठानले बिपीमा कार्यरत चिकित्सक र उपचाररत बिरामीमा संक्रमण भेटिएको भन्दै आन्तरिक लकडाउन गरेको छ।


Leave a Reply

Your email address will not be published.