महाकालीमा पानीको बहाव एक लाख ९६ हजार क्युसेक नाघ्याे

महाकालीमा पानीको बहाव एक लाख ९६ हजार क्युसेक नाघ्याे

लगातारको झरीसँगै महाकाली नदीको कञ्चनपुर क्षेत्रमा पानीको बहाव बढेको छ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दका अनुसार बिहीबार बिहान पानीको बहाव एक लाख ९६ हजार नौ सय ४० क्युसेक मापन गरिएको छ।

भारतले लामो समयदेखि महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुगे शारदा ब्यारेजमा ठूला सवारी साधनलाई रोक लगाउँदै आएको थियो । 

लकडाउनका कारण  भारतबाट समिति समयमा नेपाली सो नाकाबाट फर्किने गरेको भए पनि सवारी साधन भने पूर्णरुपमा बन्द छन्।

वर्षाका कारण महाकाली नदी छेउका बस्तीमा खतरा हुनसक्ने भन्दै नदी किनारमा नजान र सुरक्षित रहन आग्रहसमेत गरिएको छ ।  


Leave a Reply

Your email address will not be published.