सुदूरपश्चिमका चार ठूला पुल एलाइडको कब्जामा, आठ वर्षदेखिका योजना अलपत्र

सुदूरपश्चिमका चार ठूला पुल एलाइडको कब्जामा, आठ वर्षदेखिका योजना अलपत्र

एलाइड एड्भेन्चर कन्ट्रक्सनले सुदूरपश्चिमको कैलाली र बैतडीमा ठेक्का पाएका ४ वडा पुलका योजना वर्षौदेखि अलपत्र पारेको छ। 

एलाइडले ठेक्का पाएका कतिपय पुल तीन पटकसम्म म्याद थप गर्दासमेत निर्माण हुन सकेका छैनन्। 

एलाइडले ठेक्का पाएर अलपत्र पारेका ४ पुलको विवरण यस्तो छ। 

२०७१ सालमा ठेक्का सम्झौता भएको कैलालीको धनगढी, कञ्चनपुर जोड्ने मोहन पुल तीनवर्षमा निर्माण गरिसक्नुपर्ने हो। तर, सो समयमा पुल निर्माण भएन। 

तीन वर्षसम्म पुलको भौतिक प्रगति जम्मा १५ प्रतिशतमा सिमित रह्यो। तीन वर्षसम्म पुल नबनेपछि २०७४ मा पुनः एक वर्ष म्याद थप गरिए पनि भौतिक प्रगति ५५ प्रतिशतमा सिमित बन्यो। 

लगातार दुई पटकसम्म थपिएको म्यादमा पुल नबनेपछि २०७६ असोजमा प्रशासनले एलाइडलाई कारबाही गर्ने चेतावनी दिएको हो। कारबाहीबाट बच्न एलाइडले तत्काल जेठसम्म सक्ने वाचा गरे पनि पुलको कामले गति लिएन। 

यही विचमा नेपालमा कोरोना महामारी फैलियो र सरकारले लकडाउन ग-यो। यतिवेला कोरोना नै कम्पनिका लागि पुल नबनाउने बहाना बनिरहेको छ।

सम्झौता अनुसार ८ करोड रुपैयाँ लागतमा एक सय मिटरको पुलका लागि हाल तेश्रोपटक पनि म्याद थप गरिएको छ। 

सडक डिभिजन कार्यालय महेन्द्रनगरका डिभिजन प्रमुख अर्जुन बमले कार्तिकदेखि पुलको दोश्रो स्पाम निर्माण थलेको ठेकदारले तेश्रो स्पाम निर्माण गर्न नसकेको बताए। 

डिभिजन प्रमुख बमका अनुसार ठेकदारले जेठ मसान्तसम्म पुल निर्माण गरिसक्ने प्रतिबद्धता जनाए पनि लकडाउनको बहाना देखाएर काम रोकेको छ। उनले पुल निर्माणमा आनाकानीगरेको ठेकेदारलाई पुष महिनामा जरिवाना लगाए पनि सरकारको ९औं संसोधनपछि पुनः म्याद थप गरिएको बताए। 

‘हामीले मोहना पुललाई पहिलो प्राथमिकतामा राखेर ठेकदारलाई नियमित ताकेता गरिरहेका छौं। माघसम्म जसरी पनि काम सम्पन्न गर्नै पर्छ। लकडाउनलाई देखाएर पञ्छिने ठाउँ छैन,’ उनले भने।

तीन पटक म्याद थपिएको बैतडीको सुर्नयाँ पुलको भौतिक प्रगति ३५ प्रतिशत

एड्भेन्चर प्रालिको नाममा ठेक्का स्वीकृत भएको बैतडीको सुर्नयाँ गाउँपालिकाको सुर्नयाँ खोलामा बन्ने पुल ७ वर्षसम्म अलपत्र छ। 

तीन पटक म्याद थप्दासमेत पुलको जम्मा भौतिक प्रगति ३५ प्रतिशत रहेको सडक डिभिजन कार्यालय अन्तरगतको साइड कार्यालय बैतडीका इन्जिनियर शरिष जोशीले बताए। 

उनका अनुसार आर्थिक वर्ष २०७०/७१ मा तीन वर्ष भित्रै निर्माण सम्पन्न गर्ने गरी एड्भेन्चर जेभीले पुलको ठेक्का पाएको थियो। तर, तीन पटक म्याद थप गर्दा समेत निर्माण कार्य सम्पन्न भएको छैन। 

‘पटक–पटक पुल निर्माणका लागि ठेकेदारलाई ताकेता गर्दै आएका छौं,’ इन्जिनियर जोशीले भने, ‘तर ठेकेदारले सुन्दैन, हामीलाई कारवाही गर्ने अधिकार छैन।’ हरेक पटक फोन गर्दा ठेकेदारले छिट्टै सक्छौं भन्ने जवाफ मात्रै दिने गरेको उनले बताए।

‘एड्भेन्चरका निर्देशक चन्द्रशेखर मल्ललाई नै हामीले पुल निर्माणको काम छिटो सक्न फोन मार्फत तथा लिखित रुपमा पत्र पठाएका छौं,’ उनले भने, ‘मंसिर पुषसम्म सक्छौं भन्ने जवाफ आएको छ।’ 

२ करोड ९३ लाख ६७  हजार लागतमा निर्माण गर्ने सम्झौता भएको पुल ५० मिटर लम्बाईको छ। दुई स्पाममा निर्माण हुने पुलको ७ बर्ष सम्म १ स्पाम तयार भएको इन्जिनियर जोशीले बताए। 

एडभेन्चरले ठेक्का पाएको पथरैया पुल पनि अलपत्र

६ वर्षसम्म धनगढी र कञ्चनपुरको कृष्णपुर नगरपालिका जोड्ने मोहना पुल निर्माण नगरेको एलाइड एडभेन्चर जोइन्ट जेभीले कैलालीको लम्कीचुहा नगरपालिका स्थित पथरैया नदीमा निर्माणाधिन पुललाई पनि अलपत्र पारेका छ।

काम सम्पन्न गर्ने सम्झौता अनुसार एड्भेन्चर प्रालिसँग सम्झौता भएको पुल निर्धारित मितिमा २० प्रतिशतमा मात्रै सिमित रहेका थियो। निर्धारित समयमा पुलको बेस मात्रै बनाएर छोडेको पुललाई निर्माण कम्पनिले एक वर्ष म्याद थप गर्दासमेत सम्पन्न गर्न नसकेको सडक डिभिजन कार्यालय धनगढीका इन्जिनियर लक्ष्मण जोशीले बताए।

उनका अनुसार एड्भेन्चर जेभी कन्ट्रक्सनका नाममा ठेकेदार चन्द्र शेखर मल्ले सो पुल निर्माणका लागि २०७४ जेठमा दुई बर्ष भित्रै काम सम्पन्न गर्ने गरी ८ करोड १३ लाल ७३ हजार ७ सय १५ रुपैयाँ बराबरको ठेक्का सम्झौता गरेका थिए। तर दुई बर्षको अवधीमा पुलको काम जम्मा २० प्रतिशतमा सीमित बन्यो। 

जेठ मसान्तपछि पुल निर्माणका लागि दोश्रो पटकको म्याद समेत सकिएको छ। तर पुल निर्माण भने हुन नसको इन्जिनियर जोशीले बताए। ‘अहिले आएर ठेकदारले लकडाउनलाई बहाना बनाएर पुल निर्माण गर्न नसकेको प्रतिक्रिया दिन थालेको छ,’ इन्जिनियर जोशीले भने,‘अब कसरी अगाडी बढ्ने भन्ने बारेमा सोचिरहेका छौं।’ उनले ठेकदारलाई कारवाहीका लागि सिफारिस गर्ने बारेमा पनि छलफल भएको बताए। 

एलाएडले शिवगंगथा नदीको पुल पनि अलपत्र पा-यो

पप्पु यड्भेन्चर जेभीको फर्म प्रयोग गरी ठेक्का पाएको धनगढी–७ मा रहेको शिवगंगा पुल बर्षौ देखी अलपत्र पारेको एलाइड एड्भेन्चर प्रालिले धनगढी–७ स्थित शिव गंगा नदीमा निर्माणधिन पुल समेत अलपत्र पारेकोछ। 

२०७४ मा तीन वर्ष भित्रै पुल निर्माण गर्ने सहमति अनुसार जेठ मसान्तमा पुल निर्माण गरिसक्नोपर्ने म्याद समाप्त भएको छ। पुल निर्माणका लागि  निर्माणको जिम्मा पाएको एलाइड ले भने निर्धारित समयमा जम्मा ४५ प्रतिशत मात्रै काम सम्पन्न गरेको सडक डिभिजन कार्यालय साइड कार्यालय धनगढीका इन्जिनियर लक्ष्मण जोशीले बताए। 

धनगढी उप–महानगरपालिका वडा नम्बर–७ स्थित शिवगंगा नदीमा निर्माण हुने १२ करोड रुपैंया लागतको एक सय ५० मिटर लम्बाई भएको पुलको समेत तीन वर्षसम्म पुरा हुन नसकेको इन्जिनियर जोशीले बताए। ‘निर्धारित समयमा पुलको आधा काम पनि सम्पन्न भएको छैन,’ इन्जिनियर जोशीले भने, ‘कामको प्रगति विवरण विभागमा पठाएका छौं, अव के गर्ने उसैले निर्णय गर्ने छ।’ पुल निर्माणका लागि ठेकदारलाई पटक–पटक ताकेता गर्दा समेत वेवास्ता गरेको उनको आरोप छ। 

सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख अर्जुन बमले ठेकेदारको लापर्वाहीका कारण एड्भेन्चरले पाएका पुल अलपत्र पर्ने गरेको बताए। ‘हामीले खुल्ला बोलपत्रमार्फत टेण्डर आह्वान गर्नेहो,’ उनले भने, 'प्रतिष्पर्धामा जसले जित्छ उसैलाई ठेक्का पर्छ। पछि काम गर्दैनन्, कारवाही गर्ने कुनै प्रावधाननै छैन।’ एड्भेन्चरले ठेक्का पाएर निर्माण सम्पन्न हुन नसकोका पुललाई टिट्टै पुरा गराउन सवै क्षत्रबाट दवाव गएको बताए। 

एड्भेन्चर प्रालीका इन्जिनियर दिनेश बटालाले भने विभिन्न समस्याका कारण पुल समयाअबधी भन्दा पछि धकेलिएका बताए। मोहनामा पहिलो प्राविधिक डिजाई बिग्रिएपछि आधा भएको काम छोडेर पुनः काम गर्नु प-यो’ उनले भने–‘त्यसैमा भुकम्प पछि भारतले नाकाबन्दी ग-यो, जसका कारण काम गर्न सकिएन।’ 

पथरैया नदीमा काम गर्दा लेबर नपाएको बताएका दिनेश बटालाले शिवगंगा नदीमा भरखर्र म्याद समाप्त भएको प्रतिक्रिया दिए। उनले बैतडीको सुर्नयाँ खोलामा बन्ने पुल पनि भूकम्प पछि भारतले गरेको नाकाबन्दीका कारण समयमै पुरा गर्न नसकिएको बताए।


Leave a Reply

Your email address will not be published.