अनलाइन कक्षाका विद्यार्थीलाई एनसेलको अफर 

अनलाइन कक्षाका विद्यार्थीलाई एनसेलको अफर 

एनसेलले अनलाइन कक्षाका लागि विद्यार्थी लक्षित अफर ल्याएको छ। 

विशेष मासिक योजना अनुसार भ्वाइस, डेटा र एसएमएस सेवाहरू बन्डलसहितको सेवा लिन पाइने छ। 

तर, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) आवद्ध विद्यालयका विद्यार्थी मात्र पाउनेछन्।

यसका लागि एनसेल र हिसानबीच मोबाइल कनेक्टिभिटी प्रयोग गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ।

यस योजनाअन्तर्गत विद्यार्थीले मासिक दुई सय ५० (करबाहेक) मा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जिबी डेटा, १ जिबी थ्रिजी-फोरजी डेटा, २ जिबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा पाउने विज्ञप्तिमा उल्लेख छ।

यसैगरी मासिक तीन सय ५० (करबाहेक) को योजना पनि उपलब्ध छ।


Leave a Reply

Your email address will not be published.