इन्जिनियरमा कोरोना पुष्टि, इटहरी उपमहानगरको आकस्मिक बैठक बस्दै

इन्जिनियरमा कोरोना पुष्टि, इटहरी उपमहानगरको आकस्मिक बैठक बस्दै

इटहरी उपमहानगरपालिकाका एक इन्जिनियरमा कोरोना संक्रमण पुष्टिभएपछि नगरको आकस्मिक बैठक बस्दैछ। 

पालिकामा कार्यरत १० कर्मचारीको दुई दिन अघि पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ति कर्मचारीमा कोरोना देखिएको हो। 

इटहरी निवासी ति संक्रमित कर्मचारी नियमित कार्यालयमा आएका  थिए। मेयर द्वारिकलाल चौधरीको कार्यकक्षमा हिजै मात्र बैठकमा उपस्थित भएका उनी घरनक्सा पास, योजना शाखा लगाएका नगरपालिकाका प्रायः सबै शाखामा पुगेका थिए। 

अहिले पालिकाले इटहरी अस्पतालमा आकस्मिक बैठक बसिरहेको प्रेस सल्लाहकार लिलाराज भट्टराईले जानकारी दिएका छन्। उनका अनुसार उक्त बैठकले इटहरी लकडाउनमा जाने या कुन मोडलमा सतर्क रहने भन्ने बारे केहि बेरमा निर्णय लिँदैछ।


Leave a Reply

Your email address will not be published.