चेपाङ बस्तीमा आगो प्रकरण: चितवन निकुञ्जका चिफ वार्डेन विभाग तानिए 

चेपाङ बस्तीमा आगो प्रकरण: चितवन निकुञ्जका चिफ वार्डेन विभाग तानिए 

वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जमा नयाँ प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) खटाएको छ।

निकुञ्जको वन क्षेत्र अतिक्रमण गरेको भन्दै माडी नगरपालिका-९ कुसुमखोलामा चेपाङ बस्तीका आठ घर हात्ती लगाएर भत्काउनुका साथै दुई घरमा आगो झोसिएपछि यो कदमको तीब्र आलोचना भएको थियो।

घर भत्काइएको विषयमा आफ्नै अभिव्यक्तिका कारण वन तथा वातावरण मन्त्री शक्ति बस्नेत समेत विवादमा मुछिएका बेला चितवन निकुञ्जका चिफ वार्डेन नारायणप्रसाद रूपाखेती राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा तानिएका हुन्।

रूपाखेतीले त्रुटिपूर्ण रिपाेर्टिङ गरेर मन्त्री बस्नेतलाई भ्रममा राखेकाे आराेप लगाइएकाे छ।

मन्त्रालयले उनको ठाउँमा अणनाथ बराललाई खटाउने निर्णय गरेको छ। 
 
निकुञ्ज विभागका निमित्त महानिर्देशक डा. रामचन्द्र कँडेलले पनि रूपाखेतीको सरुवा भएको पुष्टि गरे।

सम्बन्धित समाचार : चेपाङ बस्तीमा आगो- शक्तिले भनेजस्तो होइन, हल्ला गरिएझैं पनि थिएन


Leave a Reply

Your email address will not be published.