‘सुन’ प्रकरणमा तीन पक्राउ

‘सुन’ प्रकरणमा तीन पक्राउ

सुन भनिएको पहेंलो धातु र पेस्तोल छोडेर भाग्ने तीन जना पक्राउ परेको प्रहरीले जनाएको छ।

देवान पटेल, विजय पटेल र निलेश सखियालाई पूर्वी नवलपरासीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 
उनीहरूबारे विस्तृतमा प्रहरीले खुलाएको छैन।

मंगलबार बिहान महानगरीय प्रहरी परिसरको टोली नियमित चेकजाँचका क्रममा कृष्ण पाउरोटी चोक नजिक रहँदा बा६च ५५१९ नम्बरको स्कार्पियो भागेको थियो। 

प्रहरी पछिपछि र स्कार्पियो अघिअघि भइरहेकै बेला कमलादीस्थित नबिल बैंकअगाडि स्कार्पियोबाट सेतो रंगको कपडाको झोला कसैले फ्याँक्यो। उक्त झोलामा दुई थान हतियार र पहेंलो धातु भेटिएको थियो।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उक्त झोलाबाट दुई थान पेस्तोल र दुई थान म्यागजिन फेला परेको थियो। सुनजस्तो देखिने १५ किलो धातु भने नक्कली पाइएको छ। 

घटनाबारे छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक सुशीलकुमार यादवको नेतृत्वमा समिति गठन गरिएको छ। महानगरीय प्रहरी बृत्त दरबारमार्गले घटनास्थल परिवर्तन गरेको प्रारम्भिक अनुसन्धान छ।


Leave a Reply

Your email address will not be published.