खेलकुद सामाग्री वितरण

खेलकुद सामाग्री वितरण

मध्यपुर कराँते एकेडेमीलाई मध्यपुर थिमि नगरपालिकाकाले कराँते खेलमा आवश्यक पर्ने खेलकुद सामाग्री बितरण गरेको छ। विहीबार एक कार्यक्रमकाबिच मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले उक्त खेलकुदका सामाग्रीहरू हस्तान्तरण गरेका थिए। 

नगरको विकासमा खेलकुद  पनि एक भएको भन्दै खेलकुदबाट पनि नगर तथा देशको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउन सकिने श्रेष्ठले बताए।

आफ्नो कार्यकालमा खेलकुदको विकासको लागि कुनै कसर बाँकी नराख्ने भन्दै नगरप्रमुख श्रेष्ठले चालु यस आथिएक वर्षमा खेलकुद एकेडेमीको भौतिक तथा खेल विकासका लागि ८० लाख रुपैयाँ वजेट विनियोजन गरेको समेत जानकारी गराए।

कार्यक्रममा नगरपालिकाले गत आर्थिक वर्ष २०७६/७७ को वजेटबाट उक्त एकेडेमीलाई करिव ५ लाख बराबरको ग्लोभ्स्, सिन गार्ड, किक पायड, किक डमी, किक सिलिण्डर, गमसिल, कोण, स्कियीङ्ग रोल, स्कोर बोर्ड, घडी, सिटी, रनिङ्ग रोप, म्याटलगायतका सामाग्रीहरु सहयोग गरेको एकेडेमीका सचिव अभयन्द्र रंजितकारले जानकारी दिए।

उक्त हस्तान्तरण कार्यक्रममा एकेडेमीका अध्यक्ष तथा बरिष्ठ कराँते प्रशिक्षक सजन श्रेष्ठले खेलको माध्यमबाट युवाहरुको शारिरीक तथा मानसिक बृत्ति विकास गर्नमा महत्वपूर्ण भूमिका बताए। साथै एकेडेमीमा हाल ५० जना स्थानीय कराँते खेलाडीहरू रहेको जानकारी गराए।


Leave a Reply

Your email address will not be published.