चेक रिपब्लिक पठाइदिने भन्दै १८ लाख ठगेको आरोपमा एक पक्राउ

चेक रिपब्लिक पठाइदिने भन्दै १८ लाख ठगेको आरोपमा एक पक्राउ

वैदेशिक रोजगारीका लागि चेक रिपब्लिक पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

धादिङ, निलकण्ड नगरपालिका-१२ का रमेश कमरलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो। 

विभिन्न पन्ध्र व्यक्तिबाट १८ लाख रुपैयाँ ठगी गरेको अभियोगमा उनलाई बसुन्धराबाट पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ। 

पक्राउ परेका कमरलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर पठाइएको महाशाखाले जनाएको छ।


Leave a Reply

Your email address will not be published.