३० हजार टन चिनी ५० प्रतिशत भन्सार छुटमा ल्याउन सरकारको अनुमति

३० हजार टन चिनी ५० प्रतिशत भन्सार छुटमा ल्याउन सरकारको अनुमति

सरकारले ३० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार छुटमा ल्याउन अनुमति दिएको छ।
 
मन्त्रिपरिषद्को १२ गतेको बैठकले ३० हजार मेट्रिक टन चिनी ५० प्रतिशत छुटमा ल्याउन खाद्य व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीको लागि अनुमति दिएको हो।

चाडबाडको समयमा मूल्य उच्च हुने भएकोले त्यसलाई मध्येनजर गरेर उक्त निर्णय गरिएको सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए।  


Leave a Reply

Your email address will not be published.