लागुऔषधसहित दुईजना पक्राउ
लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा प्रहरीले लागुऔषधसहित दुई युवालाई भद्रपुर क्षेत्रबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भद्रपुर नगरपालिका-३ धिमालधुराका २६ वर्षीय अजय थापा मगर र सोही ठाउँका २२ वर्षीय रोशन माझी छन्। उनीहरू भद्रपुर- ४ मन्त्रीचोकबाट पक्राउ परेका हुन्।
प्र.१—०१—०१२ प ६९२१ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिई खानतलासी गर्दा मगरले बोकेको झोलाबाट नाइट्रोजन- १० लेखिएको चार सय चक्की र कोडिन स्क्युफ १०० एमएल लेखिएको पचास बोतल लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ।
दुवैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रवक्ता राकेश थापाले जानकरी दिए।