नेटवर्किङलाई इजाजत प्रकरणः छानबिन गर्न संसदीय उपसमिति गठन

नेटवर्किङलाई इजाजत प्रकरणः छानबिन गर्न संसदीय उपसमिति गठन

सरकारले नेटवर्किङ कम्पनी सञ्चालनका लागि अनुमति दिएकोबारे छानबिन गर्न संसदीय उपसमिति गठन भएको छ।

प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकले सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको हो।

सांसदहरू प्रकाश रसाइली, अमृता अग्रहरी, कृष्णकुमार श्रेष्ठ र सरिताकुमारी गिरी सदस्य रहेको उपसमितिले १५ दिनभित्र छानबिन गरी प्रतिवेदन पेश गर्नुपर्नेछ।

नेपालमा नेटवर्किङ व्यवसाय अवैध भए पनि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुमति दिएपछि यो विषय पेचिलो बनेको हो।

 
विभागले भने वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन ०७४ र नियमावली ०७६ अनुसार इजाजत दिइएको दाबी गर्दै आएको छ। 

विभागले सात नेटवर्किङ कम्पनीलाई इजाजत दिइसकेको छ, भने ६ कम्पनी पाउने क्रममा छन्।
 


Leave a Reply

Your email address will not be published.