देउवाको कार्यशैलीप्रति असहमत पौडेल समूहले बुझायो लिखित असन्तुष्टि
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा विभागर र निकायहरूमा मनोनयन गरेको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक काइरालासमूहले आपत्ति जनाएको छ।
पार्टीमा छलफलनै नगरी समापति एकलौटी ढंगले अगाडि बढेको भन्दै पौडेल समूहले आज सामूहिक असहमतिपत्र बुझाएको हो।
आज पौडेल निकट नेताहरूले विभागलाई पूर्णता दिने काम रोक्न सभापति देउवालाई लिखित रुपमै ध्यानाकर्षण गराएका हुन्।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिमा महाधिवेशनको ६ महिनाभित्र विभाग गठन गरिसक्नुपर्ने प्रावधान भए पनि पार्टी सभापतिले विधान विपरित काम गरिरहेको उनीहरूको आरोप छ। यसले पार्टीनै कमजोर हुने भएकाले एकलौटी रुपमा अगाडी नबढ्न देउवालाई आग्रह गरिएको छ।
असहमति पत्र बुझाएलगत्तै पौडेल समूहले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेको थियो।