कोरोनाबाट थप ३ को मृत्यु, २ सय ७४ नयाँ संक्रमित
देशभर आज २ सय ७४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
यस्तै थप तीन जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
मन्त्रालयका अनुसार बुधबार कोरोना संक्रमित पर्साका ७० वर्षीय र ६८ वर्षीय पुरुष तथा मोरङका ४५ वर्षीय पुरुषको मृत्यु भएसँगै मृतकको संख्या ५२ पुगेको छ।
बिहीबार काठमाडौं उपत्यकामा मात्रै ४५ संक्रमित थपिएका छन्। आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १९ हजार ५ सय ४७ जना पुगेको छ।
नेपालमा पछिल्लो २४ घन्टामा २ सय २७ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको कुल संख्या १४ हजार २ सय ४८ पुगेको छ । अझै सक्रिए संक्रमित ५ हजार २ सय २७ रहेका छन्।