कर्णालीमा थप २२ जनामा कोरोना संक्रमण
बिहीबार कर्णालीमा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल/पशुपन्छी रोग प्रयोगशालामा गरिएको परीक्षणमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोना पुष्टि हुनेहरूमा सुर्खेतका सात जना, दैलेखका १० जना, सल्यानका तीन जना, मगु र जाजरकोटका एक–एक जनामा कोरोना रहेका छन्। योसँगै कर्णालीका कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरूको संख्या एक हजार नौ सय ३७ पुगेको छ।
यसका साथै बिहिवार कर्णालीमा १५ जना उपचार पछि निको भई घर फर्किएका छन्। कर्णालीमा हालसम्म कोरोना भाइरसबाट निको हुनेहरूको संख्या एक हजार ६ सय ९७ जना पुगेको छ।