पहिरोमा परी कालिकोटमा दुईजनाको मृत्यु

पहिरोमा परी कालिकोटमा दुईजनाको मृत्यु

कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका-६ मा पहिरोमा परि दुईजनाको मृत्यु भएको छ। गाउँपालिकास्थित लाटेखोलामा गएको पहिरोमा परि सोही वडा निवासी ६० वर्षीया प्रशुराम संज्याल र २८ वर्षीया तारा संज्यालको मृत्यु भएको हो।

पहिरोमा परि दुवैजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी श्यामबाबु ओलीयाले जानकारी दिए।

यससँगै बाढी र पहिरोमा परि कालिकोटमा १४ जनाले ज्यान गुमाएका छन् भने ६ जना अझै बेपत्ता छन्।


Leave a Reply

Your email address will not be published.