पद्यसंभव पदमार्ग पर्यटन विकासका लागि कोसेढुङ्गा : पर्यटन मन्त्री

पद्यसंभव पदमार्ग पर्यटन विकासका लागि कोसेढुङ्गा : पर्यटन मन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बौद्ध दर्शनसँग जोडिएको धार्मिक तथा सांस्कृतिक महत्वको पद्यसंभव पदमार्ग नेपालको पर्यटन विकासका लागि कोसेढुङ्गा सावित हुने बताएका छन्।

पर्यटन मन्त्रालयमा आज बारबरा फाउण्डेशनका पदाधिकारी तथा सरोकारवालासँग उक्त पदमार्गको विकासबारेमा आयोजित छलफलका क्रममा मन्त्री भट्टराईले सांस्कृति पर्यटको वहुआयामिक महत्व बोकेको पदमार्गले नेपालमा तिब्बतीयन र चिनियाँ पर्यटक बढाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

पदमार्गको विकासका लागि चालु आर्थिक वर्षको बजेटमा समावेश गरिएको जानकारी दिँदै यसका लागि विस्तृत कार्ययोजनाको तयारी गर्न मन्त्रालयको संस्कृति महाशाखालाई निर्देशन दिएका छन्।

'बुद्ध धर्मको प्रचार गर्ने प्रमुख गुरु आचार्य पद्यसंभवले नेपालका विभिन्न स्थलमा भ्रमण गरी विशेष गन्तब्य बनाएका थिए। यसलाई सांस्कृतिक पर्यटकीय पदमार्गको रुपमा विकास गर्न सरोकारवालासँग छलफल गरी विस्तृत कार्ययोजना बनाउछौं, नेपालको पर्यटन प्रवर्द्धनका लागि यो धेरै ठूलो परिकल्पना हो। यसले लाखौं तिब्बतीयनलाई आकर्षण गर्नेछ', उनले भने।

पुरातत्व विभाव, पर्यटन विकास, लुम्बिनी विकास कोषलगायत स्वतन्त्र व्यक्तिले गरेको अध्ययनलाई पनि एकतृत गरी सरोकारवालासँग थप छलफल गरी पदमार्गको विस्तृत कार्ययोजना अघि बढाइने उनको भनाई छ।

तक्सिलामा जन्मिएक तान्त्रिक गुरु पद्यसंभव आठौं सताब्दीमा नेपाल आएर तपस्या गरिरहेका बेला तिब्बतीयन राजाले उनलाई तिब्बत बोलाएर बुद्धधर्मको प्रचार गर्न लगाएको पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले बताए। 

लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राडा रमेशकुमार ढुङ्गेलले पद्यसंभव पदमार्गले अन्तर्राष्ट्रिय सांस्कृतिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। 


Leave a Reply

Your email address will not be published.