झापामा थप तीनजना सशस्त्र प्रहरीमा कोरोना संक्रमण

झापामा थप तीनजना सशस्त्र प्रहरीमा कोरोना संक्रमण

झापामा बिहीबार थप तीनजना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमित हुनेहरू पाथीभरा गण पाडाजुँगीका रहेको जनाइएको छ। उनीहरू तालिमका लागि इलामबाट पाथीभरा गण आएका व्यक्तिमा संक्रमण पुष्टि भएको हो।

गणमा कार्यरत ६ जनाको स्वाब परीक्षण गर्दा उनीहरू संक्रमण पुष्टि  हो। तीनजनाको रिपोर्ट पोजिटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ। 

यसअघि सशस्त्र प्रहरी बल काँकडभिट्टाका २० जना सशस्त्र प्रहरीमा संक्रमण पुष्टि भएको थियो। उनीहरूको उपचार भइरहेको छ।

आजै दमक नगरपालिका ५ की एक ४३ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ। भारतबाट घर आएकी उनी होम क्वारेन्टाइनमा बसेकी महिला हुन्। योसँगै झापामा कोरोना संक्रमितको स‌ंख्या ३ सय ५६ पुगेको छ।


Leave a Reply

Your email address will not be published.