१५ वर्षीया बालिकाले गरिन झुण्डिएर आत्महत्या
सल्यान कालिमाटी गाउँपालिकामा एक वालिकाले भुण्डिएर आत्महत्या गरेकी छन्।
गाउँपालिकाको वडा नम्बर १ निवासी १५ वर्षीया सुनिता कामीले बिहीबार बिहान झुण्डिएर आत्महत्या गरेकी हुन्। आत्महत्याको कारण भने नखुलेको कर्णाली प्रदेश प्रहरीका प्रवक्ता तथा एसएसपी राजेश नाथ वास्तोलाले जानकारी दिए।
घर नजिकै रहेको सल्लाको रुखमा भुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।