ट्रंक लाइनको बक्यौता बुझाउन विद्युत प्राधिकरणको पत्राचार

ट्रंक लाइनको बक्यौता बुझाउन विद्युत प्राधिकरणको पत्राचार

विद्युत प्राधिकरणले ट्रंक लाइन विलिङ्ग छुट भनी उद्योगीहरूलाई बक्यौता बुझाउन पुनः पत्राचार गरेपछि रुपन्देहीका उद्योगी त्रसित बनेका छन्। बुटवल-भैरहवा क्षेत्रका उद्योगीलाई विद्युत प्राधिकरणले पत्राचार गरि ट्क लाइनको बक्यौता महशुल बुझाउन भनेको हो।

प्राधिकरणले विगतमा लोडसेडिङ्ग व्यवस्थित गर्ने शिलशिलामा उद्योगीहरूको माग र सहमती बिनै एकलौटी ढंगले ट्रंक लाइन जडान गरिदिएको उद्योगीहरूको आरोप छ। उद्योगीहरूले साधारण विलिङ्ग बमोजिम महसुल भुक्तानी गर्दै आइरहे पनि २०७२ सालदेखि उद्योगलाइ ट्रंक लाइन अनुसार महशुल बुझाउन भनेको छ।

उद्योगीका अनुसार भैरहवा–बुटवल कोरिडोरका १६ वटा उद्योगीले हालको ट्रंकलाइनबाट उपलब्ध गराइँदै आएको छ। ट्रंक लाइनको  विद्युत् महसुल ६६ प्रतिशत उच्च महंगो दररेटको  छ। १६ वटा उद्योगमा प्राधिकरणले ट्रंकलाइन प्रयोग गरेबापत भुक्तानीका लागि ३० करोडभन्दा बढी बक्यौता बिल भएको उद्योगीको भनाइ छ।

बुधबार बुटवलमा आयोजना गरेको छलफलमा उद्योगीहरुले आफूहरूमाथि अन्याय भएको भन्दै विरोध गरे। रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले प्राधिकरणले आफ्नो एकलौटी ढंगबाट लाखौं रुपैयाँ बक्यौता भनी पत्राचार गरिनु उद्योगीमाथिको प्रहार भएको बताएका छन्। 

यस्तो अवस्था रहेमा बुटवल भैरहवाका विभिन्न  क्षेत्रमा सञ्चालन भएका प्रभावित उद्योग बन्द हुने सम्भावना रहेको हुँदा सरकारले यसतर्फ ध्यानदिनुपर्ने उद्योगीहरूको माग छ।

सरकारले लोडसेडिङ्ग पूर्ण रुपमा मुक्त भएको घोषणा गरिसक्दासमेत प्राधिकरणले हालसम्म पनि सोही अनुरुप ट्रंकलाइन महसुल असुल उपर नगर्न र प्राधिकरणले मनोमानी ढंगबाट एकाधिकारको गलत प्रयोग नगर्नसमेत रुपन्देही उद्योग संघले आग्रह गरेको छ। 

संघले यस समस्या समाधानका लागि पटकपटक आग्रह गर्दासमेत प्राधिकरणले चासो नदिनुले उद्योगप्रति प्राधिकरणको भूमिका सकारात्मक हुन नसकेको बोहराले बताए। 


Leave a Reply

Your email address will not be published.