रुपन्देहीमा मोटरसाइकलबाट लडेर बृद्धाको मृत्यु

रुपन्देहीमा मोटरसाइकलबाट लडेर बृद्धाको मृत्यु

रुपन्देहीको रोहीणी गाउँपालिका- ३ लक्ष्मीनगर बस्ने ७० वर्षकी भानमति भुजको मोटर साइकल दुर्घटनामा मृत्यु भएको छ।

घाइते उनलाई उपचारका लागि यूनिभर्सल मेडिकल कलेज भैरहवामा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। आफ्नै २० वर्षीय नाती सिकन्दर भुजले चलाएको लु१८प ९४९२ नम्बरको मोटरसाईकलमा चढ्ने क्रममा अचानक मोटरसाईकलबाट लड्न जादा उनि घाईते भएकी थिइन ।

मोटर साइकल चालक इलाका प्रहरी कार्यालय धकधईको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ।


Leave a Reply

Your email address will not be published.