तीन लाखसहित नौ जुवाडे पक्राउ
तास खेल्ने ९ जनालाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको छ। भक्तपुर चाँगुनारायण नगरपालिका- ९ फैढोकास्थित सरोज थापाले कुखुरा पालनका लागी बनाएको टहरामा तास खेलिरहेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक भगवती तिमिल्सेनाको कमाण्डमा टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिएकाहरूमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका- ५ घर भई हाल भक्तपुर कमलबिनायक बस्ने ३९ वर्षीय सागर लामिछाने, काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका वडा नम्बर २ घर भई हाल भक्तपुर कमलबिनायक बस्ने बस्ने ४० वर्षीय श्याम शाक्य, रामेछाप दोरम्बा गाउँपालिका वडा नम्बर ३ घर भई हाल काठमाडौं सुन्धारा बस्ने २९ वर्षीय सुमन श्रेष्ठन रहेका छन्।
यस्तै ओखलढुंगा खिजीकाति गाउँपालिका वडा नम्बर ९ घर भई हाल भक्तपुर ब्यासी बस्ने ३९ वर्षीय आशिष खत्री, काभ्रेपलाञ्चोक बनेपा नगरपालिका- ९ घर भएका ४७ को दान बहादुर सुवाल, जिल्ला रामेछाप दोरम्बा गाउँपालिका- ४ घर भई हाल भक्तपुर कमलबिनायक बस्ने २९ वर्षीय चेत बहादुर थापा मगर, काभ्रे चौरीदेउराली गाउँपालिका- ३ घर भई हाल काठमाडौ बानेश्वर बस्ने २९ वर्षीय समीर तामाङ, मकवानपुर हेटौंडा उप महानगरपालिका- १८ घर भई हाल भक्तपुर लोकन्थली बस्ने बर्ष ३३ को कृष्णबहादुर मोक्तान र जिल्ला रामेछाप दोरम्बा- ३ घर भई हाल काठमाडौं ठूलो भर्यापङ बस्ने २८ वर्षीय नारायण थापा मगर रहेका छन्।
नियन्त्रणमा लिइएकाहरूबाट तीन लाख ३८ हजार तीन सय ३५ रुपैयाँ बरामद गरिएको छ।