सातामा साढे तीन हजारले बढ्याे सुनको भाउ, तोलाको कति?

सातामा साढे तीन हजारले बढ्याे सुनको भाउ, तोलाको कति?

नेपाली बजारमा बहुमूल्य पहेँलो धातु सुनको भाउ लगातार उकालो लागेको छ। 

एक सातामा सुनको भाउ साढे तीन हजार रुपैयाँले बढेको छ। गत शुक्रबार छापावाला सुन प्रतितोला ९५ हजार आठ सयमा किनबेच भएकोमा आज शुक्रबार भाउ बढेर ९९ हजार तीन सय पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा शुक्रबार एकैदिन तीन सयले भाउ बढेको हो। यो भाउ हालसम्मकै सबैभन्दा उच्च हो।

हिजो बिहीबार सुनको भाउ पाँच सयले बढेर ९९ हजार पुगेको थियो। बुधबार सुनको भाउ तीन सयले बढेर ९८ हजार पाँच सय पुगेको थियो।

मंगलबार ७ सयले बढेर तोलाको ९८ हजार २ सय, सोमबार १ हजार २ सयले बढेर ९७ हजार ५ सय र आइतबार ५ सयले बढेर ९६ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो। 

त्यसअघि बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो।

महासंघका अनुसार तेजाबी सुनको भाउ पनि एक सातामा तीन हजार पाँच सयले बढेको छ।

तेजाबी सुन गत शुक्रबार ९५ हजार तीन सय ६५ रुपैयाँमा किनबेच भएकोमा शुक्रबार एकैदिन तीन सय पाँच रुपैयाँ बढेको छ। 

बिहीबार तेजाबी सुनक तोलाको ९८ हजार पाँच सय ६० रुपैयाँ कायम भएको थियो। बुधबार ९८ हजार ६५ रुपैयाँमा किनबेच भएको तेजाबी सुनको भाउ मंगलबार ९७ हजार सात सय ६० थियो।

तेजाबी सुन सोमबार ९७ हजार ६०, आइतबार ९५ हजार आठ सय ६० मा किनबेच भएको थियो।

चाँदीको भाउ भने घटेको छ। चाँदीको भाउमा बिहीबार थियो,भने शुक्रबार प्रतितोला २५ रुपैयाँ घटेर एक हजार दुई सय रुपैयाँ कायम भएको छ। 

बुधबार तोलामा २० रुपैयाँ घटेर १ हजार २ सय २५ मा किनबेच भएको चाँदीको भाउ बिहीबार पनि सोही कायम भएको थियो। मंगलबार चाँदी तोलाको एक हजार दुई सय ४५, सोमबार एक हजार दुई सय १०, आइतबार एक हजार एक सय ५५ र शुक्रबार एक हजार एक सय ५० थियो। 

महासंघका अनुसार साउन ६ मा छापावाल सुन तोलाको ९२ हजार ७ सय, ७ मा ९४ हजार, ८ मा ९४ हजार ५ सय, ९ मा ९५ हजार ८ सय, ११ मा ९६ हजार ३ सय, १२ मा ९७ हजार ५ सय र १३ गते ९८ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो। 

त्यस्तै चाँदी साउन ६ मा १ हजार ४०, ७ मा १ हजार १ सय ३५, ८ मा १ हजार १ सय ४५, ९ मा १ हजार १ सय ५०, ११ मा १ हजार १ सय ५५, १२ मा १ हजार २ सय १० र १३ गते १ हजार २ सय ४५ रुपैयाँमा किनबेच भएको थियो।

विश्व कोभिड-१९ को कारण आक्रान्त भएका बेला अर्थतन्त्र संकुचन भएको छ। यो अवस्थामा लगानीको वातावरण नहुँदा अन्तर्राष्ट्रिय बजारमा दिनहुँ सुनको भाउ उकालो लागिरहेको छ।

नेपालमा पनि सुनको भाउ केही समय अझै उकालो लाग्ने अनुमान सुनचाँदी व्यवसायी महासंघले गरेको छ।


Leave a Reply

Your email address will not be published.