स्वयम्भूमा बस पल्टिँदा चालकको मृत्यु 

स्वयम्भूमा बस पल्टिँदा चालकको मृत्यु 

काठमाडौंको स्वयम्भू हलचोकमा बस दुर्घटना भएको छ।

बिहीबार राति बा ४ ख ५९८४ नम्बरको बस पल्टिँदा चालकको ज्यान गएको महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायव उपरीक्षक निरञ्जन भट्टले जानकारी दिए।

मृतकको शव पोष्टमार्टमका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ।चालकको पहिचान खुल्न सकेको छैन।


Leave a Reply

Your email address will not be published.