जाजरकोटमा ५३ वर्षीया महिला मृत फेला

जाजरकोटमा ५३ वर्षीया महिला मृत फेला

जाजरकोटको भेरी नगरपालिका–३ मा एक महिला मृत अवस्थामा फेला परेकी छन्।

मंगलबार रातिदेखि आफ्नै घरबाट हराएकी ५३ वर्षीया द्रुपती सुनार बिहीबार साँझ उक्त वडाअन्र्तगत पर्ने स्यालास्थित पाखो जंगलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

स्थानीयहरूले पाखो जंगलमा महिलाको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। कर्णाली प्रदेश प्रहरीका प्रवक्ता तथा एसएसपी राजेशनाथ बास्तोलाले भने, ‘शव फेला परेको खबर पाएपछि प्रहरी घटनास्थल पुगेको थियो।’

घटनाबारेमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए। 
 


Leave a Reply

Your email address will not be published.