जगशक्तिले गुमायो जन्मदाता

जगशक्तिले गुमायो जन्मदाता

मेवनाथ शर्माजीलाई जगशक्ति छडको जन्मदाता नै भन्छु म। सात वर्षअघि जगशक्ति छड उत्पादननिम्ति योजना निर्माणको अवस्थामा उहाँलाई जगदम्बा इण्डष्ट्रिजको सिइओ नियुक्त गरिएको थियो। प्लान्ट इन्स्टलेसन, जनशक्ति व्यवस्थापनलगायतका सबै काम उहाँले गर्नु भएको हो। व्यवस्थापनको पूर्ण अधिकार दिएरै उहाँलाई प्रोजेक्टको जिम्मा लगाएको हो। 

छड उत्पादन क्षेत्रमा उहाँको निकै लामो प्राविधिक अनुभव थियो। ५९ वर्षको उमेरमा हाम्रो कम्पनी ज्वाइन गरे पनि उहाँको खटाई र समर्पण गजब थियो। चौविसै घण्टा भिड्ने। पछिल्लो समय उहाँको स्वास्थ्य बिग्रे पनि खटाईमा कम्प्रोमाइज गर्नु भएन। आराम गर्नोस भन्दा पनि नमान्ने। उहाँको वाइपास सर्जरी अलि पहिल्यै गरिएको थियो। चार-पाँच महिनाअघि न्यूमोनिया पनि भएको। यो सबै कारण म उहाँलाई होसियार रहन सम्झाइरहन्थें। 

वीरगन्ज यसै पनि कोरोना महामारीको केन्द्र बनेको छ। म पनि झण्डै संक्रमणको सन्त्रासमा परिसकेको, धन्न जोगिएको अनुभवपछि निकै सर्तक भएर बसेको छु। 

शर्माजी बित्नुभयो। नेपाली उद्यम क्षेत्रले एउटा कुशल र इमान्दार व्यवस्थापन गुमाएको छ। मेरो त हाँतै भाँचिएको छ। उहाँका दुई छोरा हुनुहुन्छ, अहिले दिल्लीमा आ–आफ्नो काम व्यवसाय गरेर बस्नु भएको छ। अन्तिम श्रद्धान्जलीका लागि वीरगन्ज नै आउने तयारीमा हुनुहुन्छ। म उहाँहरुसँग कुरा गर्दैछु। 

शर्माजीको घर भारतको गाजियावाद हो। 

(आयोमेलले जगदम्बा इण्डष्ट्रिजका अध्यक्ष अनिल रुङ्टासँग गरेको कुराकानीमा आधारित)
 


Leave a Reply

Your email address will not be published.