इनफ इज इनफका अभियन्ता बालुवाटारबाट पक्राउ
इनफ इज इनफका अभियन्ता बालुवाटारबाट पक्राउ परेका छन्।
सरकारले कोरोना भाइरसको महामारीमा अभिभावकको जिम्मेवारी निर्वाह गर्न नसकेको र जनस्वास्थ्यमाथि खेलवाड गरेको भन्दै प्रदर्शनमा उत्रेका अभियन्तालाई प्रहरीले शुक्रबार बालुवाटारबाट पक्राउ गरेको हो।
इनफ इज इनफका एक अभियन्ताका अनुसार प्रहरीले प्रदर्शनमा उत्रेका करिब २५ जनालाई पक्राउ गरेको हो।
सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनको राम्रो व्यवस्थापन गरिनुपर्ने, राहत र सुरक्षाको व्यवस्था गर्नुपर्ने, स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी लिनुपर्ने, अदालतको निर्णय कार्यान्वयन गरिनुपर्ने आदि माग राख्दै १५ दिनदेखि अभियन्ताहरू वसन्तपुरमा अनसन बसिरहेका छन्।