भरुवा बन्दुक देखाएर धम्काउने एक पक्राउ

भरुवा बन्दुक देखाएर धम्काउने एक पक्राउ

बाजुराकाे बडिमालिका नगरपालिका-६  काेर्धेमा प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेकाे छ।

जिल्ला प्रहरी कार्यालय बाजुराले स्थानीय २८ वर्षीय माने भनिने मान खडकालाई एक थान लोड भएको भरुवा बन्दुकसहित बिहीबार राति  पक्राउ गरेको जनाएकाे छ। 

खड्काले आफ्नै सौतेनी आमा र दिदीलाई कुटपिट गरेको र हतियार देखाई मार्छु भन्दै हिँडेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी परिचालन भएकाे थियाे। प्रहरीले खडकालाई घरमा लुकाई राखेको उक्त बन्दुक सहित पक्राउ गरेको जनाएकाे छ।  


Leave a Reply

Your email address will not be published.