कुलो बनाउँदै गर्दा पहिरोमा परी एकजनाको मृत्यु 

कुलो बनाउँदै गर्दा पहिरोमा परी एकजनाको मृत्यु 

लगातारको वर्षासँगै कालीकोटका विभिन्न क्षेत्रमा दैनिक पहिरो खसिरहेका छन्। पलाँता गाउँपालिका-८ बेरसनकोटको दाम्रीजिउलास्थित कांख्रेपदालोमा पहिरो खस्दा एकजनाको मृत्यु भएको छ।

दाम्रीजिउला आउने कुलो मर्मतका गर्न गएका स्थानीय कमल रोकायाको पहिरोमा परी मृत्यु भएको हो। दुईजना घाइते भएका छन् ।

पहिरोका कारण अवरुद्ध कुलो मर्मतका लागि गाउँबाट गएका स्थानियहरुले कुलो मर्मत गरिरहेका बेला पुनः पहिरो खस्दा कमलको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। 

घाइते हुनेमा पलाँता-८ बेरसनकोटका पुनबहादुर र नैन रोकाया हुन्। उनीहरुको अवस्था मान्य छ। पहिरो गएको ठाउँमा प्रहरी पठाइएको जिल्ला प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए।


Leave a Reply

Your email address will not be published.