दरबारमार्ग वृत्तका घुमुवा प्रहरीको कोठाबाट एक किलो सुन बरामद

दरबारमार्ग वृत्तका घुमुवा प्रहरीको कोठाबाट एक किलो सुन बरामद

महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी जवान प्रसन्न श्रेष्ठको कोठाबाट एक किलो सुन बरामद भएको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी स्रोतका अनुसार बागबजारस्थित श्रेष्ठको कोठाबाट शुक्रबार मध्यान्ह एक किलो सुन बरामद भएको हो।

प्रहरी जवान श्रेष्ठ दरबारमार्ग वृत्तमा घुमुवा प्रहरीको रुपमा कार्यरत थिए।

महानगरीय प्रहरी रानीपोखरीका एक अधिकृतले ती जवान एक किलो सुनसहित पक्राउ परेको पुष्टि गरे।

केही दिनअघि बरामद भएकाे १५ किलाे नक्कली सुन कान्डमा श्रेष्ठको शंकास्पद भूमिका देखिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंको टोली उनको कोठामा पुगेका थिए। ।

श्रेष्ठलाई प्रहरीले दुई दिनअघि नै नियन्त्रणमा लिएकाे थियाे।


Leave a Reply

Your email address will not be published.