काँकडभिट्टाका थप १२ सशस्त्र प्रहरीमा कोरोना पुष्टि

काँकडभिट्टाका थप १२ सशस्त्र प्रहरीमा कोरोना पुष्टि

मुलुकको पूर्वी नाका काकरभिट्टाका कार्यरत  १२ जना सशस्त्र प्रहरीमा शुक्रबार कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ।

विराटनगरस्थित कोसी अस्पतालको कोरोना उपचार केन्द्रले शुक्रबार सार्वजनिक गरेको रिपोर्टमा १२ जना सशस्त्र प्रहरीमा संक्रमण भएको उल्लेख  छ।

साउन ११ गते कारभिट्टाको होल्डिङ सेन्टरका  ३२ जना सशस्त्र प्रहरीको स्वाब संकलन गरिएकामा १२ जनामा संक्रमण भएको हो। भने २० जनाको रिपोर्ट नेगेटिभ भएको विराटनगर  कोरोना उपचार केन्द्रले जनाएको छ। 

बिहीबार पाथीभरा गण पाडाजुँगीका तीन जना सशस्त्र प्रहरीलाई कोरोना पुष्टि भएको थियो। उनीहरु तालिमका लागि इलामबाट पाथीभरा गण आएका व्यक्ति हुन्।  गणमा कार्यरत ६ जनाको स्वाब  परीक्षण गर्दा उनीहरूकाे संक्रमण पुष्टि हो।

तीनजनाको रिपोर्ट नेगेटिभ आएको थियो। यसअघि सशस्त्र प्रहरी बल काँकडभिट्टाका २० जना सशस्त्र प्रहरीमा संक्रमण पुष्टि भएको थियो।

त्यस्तै साउन ११ गते नै काकरभिट्टाको सामुदायिक भवनमा संकलन गरिएको ८५ वटा स्वाबमा सबैको नतिजा नेगेटिभ आएको छ। ८५ जना समुदायस्तरमा गरिएको नमूनामा सबैको नतिजा नेगेटिभ आएको हो।

समुदायस्तरमा औषधि व्यवसायी, फलफूल व्यवसायी, होटल कारमदार, पत्रकारलगायतको नमूनाको रिपोर्ट नेगेटिभ आएको मेचीनगर सामाजिक विकास समितिका संयोजक नवीन बरालले बताए।

उनले अहिलेसम्म मेचीनगरमा समुदायस्तरमा  कोरोना संक्रमण नदेखिएको जनाए। आज १२ जना संक्रमित थपिएसँगै मेचीनगरमा मात्रै कोरोना संक्रमितको संख्या ८२ पुगेको छ।


Leave a Reply

Your email address will not be published.