अदालतका कर्मचारीलाई कोरोना, आकस्मिकबाहेक सबै सेवा बन्द

अदालतका कर्मचारीलाई कोरोना, आकस्मिकबाहेक सबै सेवा बन्द

जिल्ला अदालत बाँकेमा कार्यरत एक कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

जिल्ला अदालत बाँकेले एक सूचना सार्वजनिक गर्दै अदालतका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि अदालतले दिँदै आएको सेवासमेत बन्द गरेको जनाएको छ।

जिल्ला अदालत बाँकेमा कार्यरत एक कर्मचारीमा कोरोना देखिएपछि जिल्ला तथा उच्च बार, अदालत परिवारसमेतको शुक्रबार बिहान आकस्मिक बैठक बसेको थियो।

बैठकले शुक्रबारदेखि अन्तिम म्याद भएका थुनछेक, म्याद थप, कलडिटेल अति जरुरी पक्राउ पुर्जीबाहेक अन्य सबै सेवा बन्द गर्ने निर्णय गरेको अदालतद्वारा जारी सूचनामा उल्लेख छ।

जिल्लामा कोरोना संक्रमणको अवस्था झन् जटिल बन्दै गएपछि बाँके प्रशासनले आइतबारदेखि तीन दिनका लागि गरेको निषेधाज्ञा अवधिभर अदालत बन्द रहने हुँदा १६ गते गरी आएको कामलाई मात्र निरन्तरता दिने सहमति भएको सो सूचनामा जनाइएको छ ।

यस्तै जिल्ला अदालतको आकस्मिक बैठकले साउन २० गतेसम्म अदालत परिवारको रिपोर्ट नआएमा वा निषेधाज्ञा लम्बिएमा पुनः सोहीबमोजिम गर्ने र सामान्य अवस्था भएमा २० गते पुनः बैठक बसेर सेवा सञ्चालन सम्बन्धमा निर्णय गर्ने जिल्ला अदालत बाँकेले जारी गरेको सूचनामा उल्लेख छ।


Leave a Reply

Your email address will not be published.