काठमाडौंबाट फर्किएका झापाका एकजनामा कोरोना संक्रमण

काठमाडौंबाट फर्किएका झापाका एकजनामा कोरोना संक्रमण

झापाको अर्जुनधारा- १ स्थित सिस्नेका एक व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। उनी काठमाडौं गएर झापा फर्किएका व्यक्ति हुन्।

उनी छिमेकीलाई लिएर उनी सोमबार काठमाडौं गएका थिए। उनी काठमाडौंमा नै स्वाब संकलन गराएर बुधबार झापा फर्किएका थिए। उनी ३१ वर्षीय पुरुष हुन्। गएको  तीनदिनमै उनी घर फर्किएको नगर स्वास्थ्य शाखाले जनाएको छ।

उनले बिहीबार पिसिआर रिपोर्ट पोजिटिभ आएको खबर पाएका थिए। उनलाई थप उपचारका लागि मोरङको गोठगाउँ पठाउने तयारी भइरहेको नगर स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले बताए।

शाखा प्रमुख बस्नेतका अनुसार संक्रमित व्यक्तिको घरपरिवार ‘सिल’ गरिसकिएको छ। उनको परिवारमा आठजना सदस्य छन्। उनीहरूको पनि पाँच दिनपछि स्वाब संकलन गरिने भएको छ।

परिवारका सदस्यमा पनि संक्रमण फेला परेको खण्डमा संक्रमित व्यक्ति डुलेको गाउँघरको ‘कन्ट्याक ट्रेसिङ’ गरिने  प्रमुख बस्नेतले बताए।


Leave a Reply

Your email address will not be published.