‘इनफ इज इनफ’ का अभियन्ताको रिहाइ गर्न विवेकशीलको माग

‘इनफ इज इनफ’ का अभियन्ताको रिहाइ गर्न विवेकशीलको माग

विवेकशील नेपाली दलले ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरूको रिहाइको माग गरेको छ।

शुक्रबार बालुवाटारमा प्रदर्शन गर्न पुगेका ‘इनफ इज इनफ’  सुदन गुरुङ, रन्जु दर्शना, सशीविक्रम कार्की, आलोक सुवेदी, विजयवावु शिवाकोटी, पवन मल्ल, नवराज उप्रेती, शिशिर राई, वृतान्त खनालसहितलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

 विवेकशील नेपाली दलका उपाध्यक्ष अजीता राईले शुक्रबार नै विज्ञप्ति जारी गरी पक्राउ गरेर विभिन्न स्थानमा राखिएका अभियन्ताप्रति ससम्मान व्यवहार गर्दै तुरुन्त रिहाइको माग गरेकी हुन्।
 
‘आज बालुवाटारमा भएको व्यवहार लोकतन्त्रमा विधिविधानभित्र रही शान्तिपूर्ण प्रदर्शनी गर्न पाउने नागरिकको अधिकारमाथि कुठाराघात गर्ने,  लोकतन्त्रको जगलाई कमजोर बनाउने र सत्तासिनको अधिनायकवादी चरित्रको दरिद्र प्रदर्शनी रहेको ठहर दलको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विनाकारण नागरिकमाथि शक्तिको दुरुपयोग गर्दै धरपकड गर्न आदेश दिने अधिकारीमाथि नागरिक छानविन हुनुपर्दछ।’

‘इनफ इज इनफ’ का अभियन्ताको पहिलो सत्याग्रहलाई अन्त्य गराउँदा स्वास्थ्य मन्त्रालयको तर्फबाट हस्ताक्षर गरिएको १२ बुँदे सहमतिको पालना  गर्न पनि विवेकशीलले माग गरेको छ। 
 


Leave a Reply

Your email address will not be published.