हतियारसहित नेपाल भित्रिएका एसएसबी स्थानीयको विरोधपछि फिर्ता

हतियारसहित नेपाल भित्रिएका एसएसबी स्थानीयको विरोधपछि फिर्ता

कञ्चनपुरमा हतियारसहित प्रवेस गरेका भारतीय सीमा सुरक्षा प्रहरी बल (एसएसबी) काे टाेली स्थानीएको चर्को बिरोधपछि फिर्ता भएका छन्। 

कञ्चनपुरको बेलौरी नगरपालिका-८ पचुई क्षेत्रमा यसअघि पनि दुई पटक एसएसबीको टोली प्रवेश गरेका थियो।

३८ नम्बर पिल्लरसहितको करिब १२ सय मिटर नेपाली भूभागलाई स्ट्रिप नक्साका आधारमा भारतले आफ्नो दाबी गर्दै उनीहरू बिहीबार साँझ नेपाल प्रवेश गरेका थिए।

हुलाकी सडक निर्माण कार्यमा अवरोध गर्न भारतीय एसएसबीका डिपुटी कमाण्डरसहितको टोली सीमाभित्र प्रवेश गरेको थियो।

सडक निर्माण कार्यमा भारतीय पक्षले बारम्बार अवरोध सिर्जना गर्दै आएको भन्दै त्यहाँका स्थानीय विरोधमा उत्रिएका थिए। 

नेपालतर्फबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी, अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरका संयोजक पल्लवराज भट्टसमेतको टोली त्यहाँ पुगेको थियो।

आक्रोशित स्थानीय एकजुट भएर जाँदा एसएसबीको टोली त्यहाँबाट फर्किएको हो।


Leave a Reply

Your email address will not be published.