कर्णालीमा थप १८ जनाले कोरोनालाई जिते, निको हुनेको संख्या १७ सय नाघ्याे

कर्णालीमा थप १८ जनाले कोरोनालाई जिते, निको हुनेको संख्या १७ सय नाघ्याे

कर्णालीमा थप १८ जना कोरोना भाइरसलाई जितेर घर फर्किएका छन्।

प्रदेशका विभिन्न आइसोलेसन सेन्टरमा रहेका ती संक्रमितहरू शुक्रबार डिस्चार्ज भएका हुन्।

पछिल्लो २४ घन्टामा डिस्चार्ज हुनेमा लेकवेशी आइसोलेसन सेन्टर-सुर्खेतका एक जना, सल्यान अस्पतालका १२ जना, वनगाड कुपिन्डे आइसोलेसन सेन्टरका तीन जना र रुकुम पश्चिम अस्पतालका दुई जना छन्।

यससँगै कर्णालीमा उपचारपछि निको भएर घर फर्कनेको संख्या एक हजार सात सय १५ पुगेको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

दैलेख अस्पतालमा गरिएको स्वाब परीक्षणमा शुक्रबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

दैलेखको नारायण नगरपालिका-२ का ३५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएसँगै कर्णालीमा संक्रमितको संख्या एक हजार नौ सय ३८ पुगेको छ।

शुक्रबार कर्णालीमा एक सय ७१ जनाको स्वाब परीक्षण गरिएको थियो।

कर्णाली प्रदेशका आइसोलेसनमा दुई सय १७ संक्रमित उपचाररत छन्। कर्णालीमा हालसम्म कोरोना संक्रमण पुष्टि भएकामध्ये ६ जनाको मृत्यु भइसकेको छ।


Leave a Reply

Your email address will not be published.