महामारीमा सरकार कमाउ धन्दामा लाग्यो : डा. महत

महामारीमा सरकार कमाउ धन्दामा लाग्यो : डा. महत

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्वारा गठित कोरोना अनुगमन समितिले औषधि बिक्रेता संघसँग छलफल गरेको छ। 

समितका संयोगजक एवं कांग्रेस सहमहामन्त्री डा. प्रकाश शरण महत सम्मिलित टोलिले महामारीको अवस्थामा औषधिको सहज उपलब्धता, समस्या र समाधानका बिकल्पमा  छलफल गरेको हो।

महामारीको अवस्थामा अत्यावश्यक औषधिको उपलब्धता र जनताको सहज पहुचका सवालमा भएको बस्तुगत अवस्थाका बारेमा  छलफल गरेको हो।

छलफलमा महामारीका समयमा अत्यावश्यक औषधिको खरिद र व्यवस्थापनमा सरकारी निकायको उदाशिनता र अनियमितता व्यापक भएकोतर्फ सबैले खबरदारी गर्नुपर्ने बिषय कांग्रेसले औल्याएको थियो।

छलफल कार्यक्रममा बोल्दै डा. महतले सरकारी निकाय र मन्त्रालय महामारीको समयमा कमाउ धन्दामा लागेको आरोप लागाए। 

यसरि भएको अनियमितताको सत्यतथ्य छानबिन गरि दोषीलाई कडा कारबाहीको समेत  उनले माग गरेका छन्।  सरकार र स्वयं प्रधानमन्त्रीसमेत अनियमितताको ढाकछोपमा लागेकाले जनता सास्ति खेप्न बाध्य भइरहेको नेता महतको ठहर छ।


Leave a Reply

Your email address will not be published.